रसुवा बाढीमा बेपत्ता पर्साकाे धाेरेका विकासका परिवारलाई पूर्वअध्यक्ष चाैरसियाले गरे सहयाेग

spot_img

वीरगन्ज,२९भदाैं:रसुवाको विनाशकारी बाढीमा बेपत्ता भएका पर्साको पकाहाँ मैनपुर गाउँपालिका–१ धोरे निवासी २४ वर्षीय विकास कुमार बर्णवालका परिवारलाई गाउँपालिकाका पूर्वअध्यक्ष विजय चौरसियाले आर्थिक तथा सामग्री सहयोग गरेका छन्।

विकासको परिवारलाई भेट्न सोमबार धोरे पुगेका चौरसियाले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै नगद २१ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन्। साथै उनले परिवारलाई आवश्यक सहयोगस्वरूप दुई वटा ग्यास सिलिन्डर समेत प्रदान गरेका छन्।

परिवारसँग भेटघाटका क्रममा चौरसियाले विपत्तिका कारण परिवारले भोगिरहेको पीडा अत्यन्त दुःखद रहेको उल्लेख गर्दै यस्तो कठिन समयमा सबैले मानवीय संवेदनासहित सहयोग गर्नुपर्ने बताए।

बाढीपछि बेपत्ता भएका विकासको हालसम्म कुनै अत्तोपत्तो लागेको छैन। शवसमेत फेला नपरेपछि परिवारले धार्मिक परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिसकेका छन्।

एक्लो छोरा तथा तीन दिदीबहिनीका भाइ विकासको अवस्था अझै अज्ञात रहेकाले परिवार शोकमा डुबेको छ। यस्तै अवस्थामा पूर्व गाउँपालिका अध्यक्ष चौरसियाले गरेको आर्थिक तथा सामग्री सहयोगले परिवारलाई केही राहत मिल्ने अपेक्षा गरिएको स्थानीयवासीले बताएका छन्।

 

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः