रसुवा बाढीपीडितका लागि वीरगन्जको गहवामाई तीर्थ विकास क्षेत्र समितिले दियाे २ लाख ११ हजार सहयोग

spot_img

वीरगन्ज,२९भदाैं:भाेटेकाेशी र त्रिशुली नदिमा भदाैं १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि वीरगन्जको गहवामाई तीर्थ विकास क्षेत्र समितिले २ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।

साेमबार समितिका अध्यक्ष श्याम पाेखरेलले उक्त रकम बराबरको चेक प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील साह कानुलाई

हस्तान्तरण गरेको हो। विपद्का कारण प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले समितिले उक्त रकम सहयाेग गरिएको अध्यक्ष पाेखरेलले बताए।

चेक बुझ्दै सांसद कानुले रसुवा बाढीपीडितका लागि सहयोग गरेकोमा गहवामाई तीर्थ विकास क्षेत्र समितिलाई दिदैं विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए।उनले राहत तथा पुनःस्थापनाका लागि गरिने सहयोगले पीडित परिवारलाई ठूलो राहत पुग्ने बताए ।

चेक हस्तान्तरण कार्यक्रममा गहवामाई तीर्थ विकास क्षेत्र समितिका अध्यक्ष पोखरेल, उपाध्यक्ष देवानन्द कलवार, सचिव लक्ष्मी नारायण गुप्ता, कोषाध्यक्ष रवि शंकर बर्णवाल, सदस्यहरू सीताराम उपाध्याय र अनुप अग्रवाल,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका युवा नेता सुधीर पटेल , राम आर्यको समेतकाे पनि उपस्थिति रहेको थियो।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः