वीरगन्ज,२९भदाैं:विश्व तेली दिवसको अवसरमा तेली कल्याण समाज पर्साले रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १ लाख ५१ हजार रुपैयाको सहयोग गरेको छ।
समाजले संकलन गरेको उक्त रकम बराबरकाे चेक साेमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरि पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानुलाई हस्तान्तरण गरेको हो।
तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहले १ लाख ५१ हजार रुपैयाँको बराबरकाे चेक सांसद कानुलाई हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा समाजका सचिव वीरेन्द्र साह, उपाध्यक्ष पारस साह, कोषाध्यक्ष नितेश गुप्ता, पर्सागढी नगरपालिकाका अध्यक्ष नन्दु प्रसाद साह, लालबाबु साह, पवन साह, मधुसूदन साह, बाराका कपिलदेव साह तेली लगायत राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता सुधीर पटेल, राज कुमार साह, राम आर्य, फैयाज अन्सारिको समेत सहभागिता थियो।






