मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

spot_img

वीरगन्ज,२७ भदौं :मधेस प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन र हाजिर नगराउन निर्देशन जारी गरेको छ ।

चालू आर्थिक वर्ष २०८३÷०८४ का लागि नयाँ अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा कार्यरत जनशक्तिलाई जथाभाबी अन्य कार्यालयमा खटाउने कार्य रोक्न मन्त्रालयले मातहतका सबै स्वास्थ्य निकायलाई पत्राचार गरेको हो ।

मन्त्रालयका अधिकृत बच्चै लाल साह तेलीद्वारा हस्ताक्षर गरिएको पत्रमा गत असार मसान्तसम्म अस्थायी दरबन्दीमा रहेका कर्मचारीलाई अन्यत्र कामकाजमा खटाउन वा नयाँ कार्यालयमा हाजिर गराउन पूर्ण रोक लगाइएको स्पष्ट पारिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को गत साउन २८ गतेको निर्णयअनुसार यस व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो ।

अस्थायी दरबन्दीका कर्मचारीहरूको कामकाज र हाजिरीमा एकरूपता कायम गर्दै प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले जारी गरिएको यो निर्देशन प्रदेश स्वास्थ्य निर्देशनालय, प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद चिकित्सालयरू लगायतका विभिन्न निकायहरूमा पठाइएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः