सशस्त्र प्रहरीद्वारा पर्साको धोबिनीमा निःशूल्क केश काट्ने तालिम सञ्चालनमा

वीरगञ्ज । सीमामा सुरक्षा मात्रै होइन, नागरिक सेवामा पनि उल्लेखनीय योगदान पु¥याउँदै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण, पर्साले समाजसेवामा पनि सक्रियता बढाएको छ । धोबिनी गाउँपालिका–२, भिखमपुरमा ८ दिने निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गर्दै सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रका नागरिकहरूसँग आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउँदै समाजप्रतिको उत्तरदायित्व निर्वाह गरेको छ ।

सशस्त्र प्रहरीको सीमावर्ती क्षेत्र विकास कार्यक्रम (बीएडीपी) र द्रुत प्रभाव परियोजना (क्युआइपी) अन्तर्गत सञ्चालन अन्तर्गत आयोजित यस तालिमले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने २० जना युवाहरूलाई दक्ष जनशक्तिमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ । सशस्त्र प्रहरीका प्रशिक्षित केशकर्तक प्रशिक्षकहरूले तालिम प्रदान गरिरहेका छन् ।

भिखमपुरको प्रस्तावित सीमा सुरक्षा गुल्म परिसरमा आयोजित उद्घाटन कार्यक्रममा धोबिनी गाउँपालिकाका प्रमुख मदन प्रसाद चौहान, सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, स्थानिय वडाध्यक्ष र भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो । ५०/६० जना सहभागीको उपस्थितिमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरीका गणपति धिमालले सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा नागरिकसँगको सहकार्यलाई विशेष प्राथमिकता दिएको बताए ।

सशस्त्र प्रहरी बल केवल सीमा सुरक्षा गर्ने निकायमात्र नभएर, स्वास्थ्य शिविरदेखि तालिममार्फत आर्थिक सशक्तिकरणका कार्यक्रमसम्म सञ्चालन गर्ने नागरिकका साथीका रूपमा समेत परिचित हुँदै आएको छ । गणपति धिमालका अनुसार, “सीमावर्ती क्षेत्रमा सुरक्षाको मात्र नभई विकास र समृद्धिको लागि पनि सशस्त्र प्रहरी बलले निरन्तर योगदान गर्दै आइरहेको छ ।”

तालिमजस्ता कार्यक्रमहरूले सीमावर्ती क्षेत्रका युवालाई आत्मनिर्भर बनाउने मात्र नभई, उनीहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने धिमालको विश्वास छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः