विवाहको बिचमा बाथरुम जान्छु भनेर हिँडेकी दुलही नगद र गरगहना लिएर फरार

वीरगञ्ज । भारतको उत्तर प्रदेश राजस्थित गोरखपुर जिल्लामा एउटा विचित्रको घटना भएको छ । जिल्लास्थित खजनी क्षेत्रको भरोहियामा रहेको शिव मन्दिरमा विवाहको क्रममा दुलही गरगहना र नगद लिएर फरार भएकी छन् ।

स्थानीय किसान कमलेश कुमारको दोस्रो विवाहका क्रममा दुलही गरगहना र नगद लिएर फरार भएकी हुन् । पहिलो श्रीमतीको निधनपछि कमलेश नयाँ जीवन सुरु गर्ने तयारीमा रहेका कमलेशको विवाह भइरहेको बिच अनुष्ठान बाटै दुलही फरार भएकी हुन् ।

गोरखपुरको सीतापुरको गोविन्दपुर गाउँका निवासी कमलेशले विवाहको लागि मध्यस्थकर्तालाई ३० हजार रुपैयाँ कमिसन तिरेका थिए ।

घटनाको क्रम

विवाहका लागि शुक्रवार दुलही आफ्नी आमासँग शिव मन्दिर आइ पुगेकी थिइन् भने कमलेश पनि आफ्ना परिवारका सदस्यहरूसँग त्यहाँ पुगेका थिए । विवाहका सबै तयारी कमलेशले गरेका थिए । उनले दुलहीलाई सारी, सौन्दर्य सामग्री र गरगहना दिएका थिए भने विवाहको सम्पूर्ण खर्च पनि आफैले उठाएका थिए ।

यद्यपि विवाहका क्रममा दुलहीले बाथरुम जाने बहाना गरिन् । सामान्य विषय भएकोले कसैको ध्यान त्यस तर्फ गएन । तर, बाथरुम गएकी दुलही त्यहाँबाट फर्किनन् । केही बेरपछि उनको आमा पनि त्यहाँबाट गायब भइन् ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कमलेशले आफ्नो परिवार पुनः निर्माण गर्ने प्रयासमा तर सब थोक गुमाएको बताउँदै दुखेसो पोखे । स्थानीय प्रहरी अधीक्षक जितेन्द्र कुमारले प्रहरी चौकीमा अहिलेसम्म कुनै उजुरी दर्ता नभएको बताए । उनले भने, “यदि कसैले उजुरी गर्छ भने यो घटनाको अनुसन्धान गरिनेछ ।”

घटनाले स्थानीय क्षेत्रमा निकै चर्चा पाएको छ । कमलेशका अनुसार धोखा धडी उनको जीवनमा ठूलो आघात बनेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः