४ अभियुक्त पक्राउ

spot_img

बीरगंज: रौतहट प्रहरीले ४ जना अभियुक्तलाई पक्राउ गरेको छ। कर्तव्य ज्यान, सवारी ज्यान, बैंकिङ कसुर तथा लागूऔषध (गाँजा) सम्बन्धी मुद्दाका प्रतिवादीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार कर्तव्य ज्यान मुद्दामा करिब १५ वर्षदेखि फरार रहेका देवाही गोनाही नगरपालिका–३ का ३९ वर्षीय राम विनय चौधरी पक्राउ परेका छन्। उनीमाथि २०६६ फागुन २६ गते एक व्यक्तिलाई कुटपिट गरी घाइते बनाएको र उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न रहेको आरोप छ।

 

त्यस्तै, सवारी ज्यान मुद्दामा बौधीमाई नगरपालिका–६ का ३६ वर्षीय राम पुकार राय यादव पक्राउ परेका छन्। उनले चलाएको मोटरसाइकलको ठक्करबाट २०८१ पुस २ गते मौलापुर नगरपालिका–५ मा ६५ वर्षीय बनारसी राउत कुर्मीको मृत्यु भएको थियो। बैंकिङ कसुर मुद्दामा माधवनारायण नगरपालिका–६ का ४१ वर्षीय जितेन्द्र कुमार जयसवाल पक्राउ परेका छन्। उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। उनलाई आवश्यक कारबाहीका लागि सर्लाही पठाइएको प्रहरीले जनाएको छ।यस्तै, लागूऔषध (गाँजा) मुद्दामा ६ महिना कैद सजाय सुनाइएका देवाही गोनाही नगरपालिका–९ का ६५ वर्षीय सिकेन्द्र राय यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका कर्तव्य ज्यान र सवारी ज्यान मुद्दाका अभियुक्तमाथि अनुसन्धान भइरहेको छ भने अन्यलाई सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमा पठाइएको बस्यालले जानकारी दिए ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः