अध्यादेश ल्याउने सरकारको निर्णय असंसदीय र अलोकतान्त्रिक : विपक्षी दलहरूको निष्कर्ष

बीरगंज, १६ वैशाख । सरकारले हालै जारी गरेका अध्यादेशहरूको विरोधमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दलहरूले साझा मोर्चाबन्दी गर्ने भएका छन्।

बुधबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकारको यस कदमलाई घोर भत्र्सना गर्दै यसलाई असंसदीय र अलोकतान्त्रिक कदमको संज्ञा दिएको छ।

झण्डै दुई तिहाइको समर्थन प्राप्त वर्तमान सरकारले संसदलाई छलेर स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको ठहर गर्दै बैठकले तत्काल ती अध्यादेशहरू फिर्ता लिन माग गरेको छ।बैठकको निर्णयबारे जानकारी दिँदै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद अधिवेशन नबोलाई अध्यादेशको बाटो रोज्नुले लोकतान्त्रिक मूल्य–मान्यताको धज्जी उडाएको बताउनुभयो। विपक्षी दलहरूले ती अध्यादेशहरू स्वीकृत नगर्न राष्ट्रपतिलाई समेत आग्रह गर्ने निर्णय गरेका छन्।

 

साथै, जनसरोकारका विषय र कानुनी जटिलताहरूमाथि छलफल गर्न संसद नै उपयुक्त थलो भएको भन्दै विपक्षी गठबन्धनले सरकारसँग तत्काल संसद अधिवेशन आह्वान गर्न जोडदार माग गरेको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः