सरकारी ठेक्का विवरण हेरफेर प्रकरण: थप दुई जना पक्राउ

वीरगञ्ज, १३ वैशाख । सार्वजनिक खरिद अनुगमन कार्यालयको इ–गभरमेन्ट प्रोक्युरिमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई सरकारी ठेक्काको विवरण हेरफेर गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

 

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिका शेयरधनी एवं लेखापाल स्वदेश पोखरेललाई नियन्त्रणमा लिएको हो। ढुङ्गानालाई बालाजु र पोखरेललाई पेप्सीकोलाबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।अनुसन्धानका क्रममा उनीहरूले सरकारी ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुअगावै प्रणालीभित्र छिरेर डकुमेन्टहरू परिवर्तन गर्ने गरेको प्रारम्भिक तथ्य खुलेको छ। यसरी प्रणालीमा नै चलखेल गरेको भेटिएपछि दुवै जनाविरुद्ध प्रहरीको साइबर ब्युरोमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ।ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धानका लागि सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतका कसुरमा पनि छानबिन भइरहेको छ। यो प्रकरणमा सरकारी प्रणालीको सुरक्षामाथि नै गम्भीर प्रश्न उठेकाले प्रहरीले यसलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ।

 

यसअघि सोही कसुरमा संलग्न रहेको आरोपमा कालिका कन्ट्रक्सनका सञ्चालक एवं राप्रपा नेता विक्रम पाण्डे र भीषण कन्ट्रक्सनका टङ्ककुमार श्रेष्ठलाई शुक्रबार नै पक्राउ गरिएको थियो। योसँगै उक्त प्रणाली हिनामिना र कीर्ते प्रकरणमा हालसम्म ९ जना शङ्कास्पद व्यक्तिहरू पक्राउ परिसकेको ब्युरोले जानकारी दिएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः