वीरगञ्ज। थापाथली लगायतका स्थानबाट लगिने सुकुमबासीलाई अस्थायी रूपमा बसोबास गराउन नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवनमा तयारी थालिएको छ । सुकुमबासीहरुका लागि तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको अग्रसरतामा बनेका तीन वटा भवनमध्ये एउटामा सुकुमबासीहरुलाई राख्ने तयारी गरिएको हो । शनिबारदेखि सो भवनमा श्रमिकले सफा गर्ने र रंगरोगनको काम गरिरहेका हुन् । बिजुली नभएका कोठामा बत्ती जडान मर्मत जारी छ । एउटा परिवारका लागि तीन कोठासहित प्रत्येक तलामा छुट्टाछुट्टै बस्न मिल्ने गरी कोठा निर्माण गरिएको छ । त्यसमा शौचालय समेत रहेको छ ।







