यामाहाको नेपालको लागि आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले विभिन्न ९ मोडलका १७ भेरियन्टको बाइक र दुई मोडलका ८ भेरियन्टको स्कुटरको बिक्री गर्दै आएको छ ।
नेपाली बजारमा यामाहाको सलुटो सिरीजका ३, एसजेड आरआर सिरीजका दुई, एफजेड सीरीजका पाँच भेरियन्टको बिक्री वितरण हुँदै आएको छ । यी लगायत फेजर, आर १५, एक्सटिजेड र एमटी मोडलका बाइक बिक्री हुदै आएको छ । स्कुटरतर्फ फेसिनो र रे जेड मोडलको बिक्री हुँदै आएको छ ।
कम्पनीले सबैभन्दा महङ्गो स्कुटर रे जेड आर स्ट्रिट र्याली (युबीएस) २ लाख १२ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएको छ भने, सस्तो मूल्यको स्कुटरको रुपमा रे जेड १ लाख ८७ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएको छ ।
यामाहाको सबैभन्दा महङ्गो बाइक आरथ्री ९ लाख २४ हजार ९ सय रुपैयाँमा बिक्री हुदै आएको छ । त्यस्तै, सस्तो मूल्यको बाइक सलुटो ड्रम १ लाख ८७ हजार ९ सय रुपयाँमा बिक्री गर्दै आएको छ । यामाहाका बाइकरस्कुटर नेपाली बजारमा निक्कै रुचाइने गरिन्छ ।
पछिल्लो समय नेपाली बजारमा बाइक तथा स्कुटरको व्यापार वृद्धि हुँदै गइरहेको छ । मोटरसाइकलको बढ्दो बजार र उपभोक्ताको रोजाई अनुरुप विभिन्न दुइपाँग्रे कम्पनीले सस्तादेखि महङ्गा मूल्यका मोटरसाइकल तथा स्कुटरको बिक्री गर्दै आएका छन । अन्य कम्पनीले जस्तै, नेपाली बजारमा स्थापित भएको यामाहाले पनि आकर्षक बाइकरस्कुटर बेच्दै आएको छ ।
यामाहाका लागि नेपालको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले विभिन्न ९ मोडलका १७ भेरियन्टको बाइक र दुई मोडलका ८ भेरियन्टको स्कुटरको बिक्री गर्दै आएको छ ।
नेपाली बजारमा यामाहाको सलुटो सिरीजका ३, एसजेड आरआर सिरीजका दुई, एफजेड सीरीजका पाँच भेरियन्टको बिक्री वितरण हुँदै आएको छ । यी लगायत फेजर, आर १५, एक्सटिजेड र एमटी मोडलका बाइक बिक्री हुदै आएको छ । स्कुटरतर्फ फेसिनो र रे जेड मोडलको बिक्री हुँदै आएको छ ।
कम्पनीले सबैभन्दा महङ्गो स्कुटर रे जेड आर स्ट्रिट र्याली (युबीएस) २ लाख १२ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएको छ भने, सस्तो मूल्यको स्कुटरको रुपमा रे जेड १ लाख ८७ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएको छ ।
यामाहाको सबैभन्दा महङ्गो बाइक आरथ्री ९ लाख २४ हजार ९ सय रुपैयाँमा बिक्री हुदै आएको छ । त्यस्तै, सस्तो मूल्यको बाइक सलुटो ड्रम १ लाख ८७ हजार ९ सय रुपयाँमा बिक्री गर्दै आएको छ ।
पछिल्लो समय नेपाली बजारमा बाइक तथा स्कुटरको व्यापार वृद्धि हुँदै गइरहेको छ । मोटरसाइकलको बढ्दो बजार र उपभोक्ताको रोजाई अनुरुप विभिन्न दुइपाँग्रे कम्पनीले सस्तादेखि महङ्गा मूल्यका मोटरसाइकल तथा स्कुटरको बिक्री गर्दै आएका छन । अन्य कम्पनीले जस्तै, नेपाली बजारमा स्थापित भएको यामाहाले पनि आकर्षक बाइकरस्कुटर बेच्दै आएको छ