सीआईबीले भन्यो– शेखर गोल्छालाई धितोपत्र ऐन अन्तर्गतको कसुरमा पक्राउ गर्‍यौँ

वीरगञ्ज,व्यवसायी शेखर गोल्छालाई प्रहरीले काठमाडौँको नारायणचौरबाट पक्राउ गरेको छ।उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष गोल्छालाई धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा बिहीबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ।हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा विरुद्ध धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको सीआईबीका एआईजी डा. मनोज केसीले रातोपाटीलाई बताए । उनले भने, ‘काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उहाँलाई नियन्त्रणमा लिएका हौँ।’

 

नेपाल धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनको आधारमा गोल्छामाथि थप अनुसन्धान सुरु गरिएको एआईजी केसीले बताए । नागार्जुन नगरपालिका–८ बस्दै आएका गोल्छाले अर्का व्यवसायी दीपक भट्टसँग मिलेर धितोपत्र ऐन विरुद्धको कसुर गरेको बोर्डको प्रारम्भिक जाँच प्रतिवेदनमा उल्लेख छ।

 

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः