वीरगञ्ज। जेनजी रेडफोर्सले बिचौलिया दीपक भट्टसँग बिजनेस साझेदारी गरेको आरोप लागेका गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन आग्रह गरेको छ । सोमबार रेडफोर्सले विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरुङलाई राजीनामा दिन आग्रह गरेको हो ।
‘नैतिक जिम्मेवारी लिँदै तपाईँले यथाशीघ्र गृहमन्त्री पदबाट राजीनामा दिनुहोस् र तपाईंमाथि निष्पक्ष छानबिन गर्न सरकारलाई मार्ग प्रशस्त गरिदिनुहोस् । जनताको विश्वासमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन’, विज्ञप्तिमा भनिएको छ ।





