वीरगञ्ज। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नयाँ सेवाग्राहीलाई २४ घण्टामै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) उपलब्ध गराउने दाबी गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको सामाजिक सञ्जाल पेजमार्फत मन्त्री तिमिल्सिनाको यस्तो भनाइ सार्वजनिक भएको हो ।उनका अनुसार नयाँ सवारी चालक अनुमतिपत्र आवेदनको हकमा सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट डेटा प्राप्त भएको २४ घण्टाभित्रै छपाई गरी उपलब्ध गराउनेछ । साथै हाल छपाई गर्न बाँकी रहेका करिब २९ लाख अनुमतिपत्र २०८३ सालको असार मसान्तसम्म छपाई गरी विभागलाई उपलब्ध गराइने समेत उनले बताएका छन् ।
सुचना विभाग दर्ता नम्बरः १६५५
प्रेस काउन्सिल दर्ता नम्बर: १९३९






