मधेस प्रदेशसभाको बैठक पुस २३ गतेका लागि आह्वान

वीरगञ्ज । मधेस प्रदेश सरकारको मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।

प्रदेशसभाको बैठक पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्न बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मधेस प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री सतीशकुमार सिंहको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन मङ्गलवार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री सिंहले बताए ।

विगत साढे तीन महिनादेखि ठप्प रहेको मधेस प्रदेश सभाको तेस्रो अधिवेशन गत ४ असोज ४ गते अन्त्य भएको थियो ।

जनता समाजवादी पार्टी नेपाललगायत प्रमुख प्रतिपक्षी दलले प्रदेश सभाको बैठक नबोलाएर सरकारले सांसदलाई बन्धक बनाएको आरोप लगाइरहेका बेला बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरिएको छ ।

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था गरेको छ । मधेस प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको थियो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः