पर्सा–१ मा घरदैलोमा भोजभतेर र बालबालिकाको प्रयोग? आयोग र प्रशासन किन मौन?

वीरगञ्ज,पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुगटा (नेपाली कांग्रेस) ले घरदैलो कार्यक्रमका क्रममा मतदाता आकर्षित गर्न भोजभतेरको व्यवस्था गरेको तथा प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको आरोप सार्वजनिक भएको छ।

स्थानीय स्तरमा उठेको प्रश्न अनुसार निर्वाचन आचारसंहिता विपरीत गतिविधि भइरहँदा पनि सम्बन्धित निकाय मौन बसेको भन्दै आलोचना बढ्न थालेको छ।

नेपाली कांग्रेस का उम्मेदवारमाथि लागेको आरोपबारे आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।

निर्वाचन आचारसंहिताअनुसार मतदातालाई प्रभावित पार्ने उद्देश्यले भोजभतेर, उपहार वितरण, आर्थिक प्रलोभन वा बालबालिकाको राजनीतिक प्रयोग गर्न पाइँदैन। यस्ता गतिविधि प्रमाणित भए कारबाहीको व्यवस्था रहेको छ।

यद्यपि, निर्वाचन आयोग र स्थानीय प्रहरी प्रशासनले हालसम्म औपचारिक प्रतिक्रिया नदिएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन्।

राजनीतिक प्रतिस्पर्धा तीव्र बन्दै जाँदा आचारसंहिताको पालना गराउनु सम्बन्धित निकायको दायित्व भएको नागरिक समाजका अगुवाहरूको भनाइ छ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः