पर्सा–१ को प्रगतिको नयाँ इतिहास : “प्रदिप यादवको जित सुनिश्चित छ” भन्ने नारासहित घरदैलो सम्पन्न

वीरगञ्ज, फागुन ९ । पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २१ मा नेकपा (एमाले) का उम्मेदवार प्रदिप यादवको घरदैलो तथा जनता दर्शन कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने टोल–टोलमा “पर्सा–१ को प्रगतिको नयाँ इतिहास, प्रदिप यादवको जित सुनिश्चित छ” भन्ने नारा घन्किएको छ ।

घरदैलोका क्रममा उम्मेदवार यादवले प्रत्येक घरपरिवारसँग प्रत्यक्ष भेटघाट गर्दै जनताको समस्या, अपेक्षा र सुझाव सुनेका छ्न उहाँले पर्सा–१ को समग्र विकासका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्दै युवा रोजगारी, किसानका लागि सहज मल–बिउ व्यवस्था, महिला सशक्तीकरण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।“तपाईंको आवाज, तपाईंको भविष्य र तपाईंकै प्रतिनिधि प्रदिप यादव” भन्ने सन्देशसहित अगाडि बढिरहेको अभियानले वडा नं. २१ मा उत्साह थपेको स्थानीयको भनाइ छ। पर्सा क्षेत्र नं. १ को माटो र यहाँका जनताको दुःख–सुख नजिकबाट बुझेका उम्मेदवारका रूपमा यादवले विकासको नयाँ बाटो देखाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा सहभागी नेताकार्यकर्ताहरूले सूर्य चिन्हमा मतदान गरी पर्सा–१ लाई समृद्धिको नमुना क्षेत्र बनाउन आह्वान गरेका थिए। स्थानीयवासीले पनि विकास र स्थायित्वका लागि सक्षम तथा इमान्दार नेतृत्व आवश्यक रहेको धारणा राखेका छ्न ।

घरदैलो तथा जनता दर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै पर्सा–१ मा चुनावी माहोल अझै तातेको छ।

 

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः