वीरगञ्ज, १० फागुन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनामा आज (आइतबार) बिहान यात्रुवाहक बस दुर्घटना भएको छ।वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ ख ००५४ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान बस अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको विद्युतको पोलमाठोक्किएको थियो।दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते भएका छन्।घाइतेहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि चितवन पठाइएको छ। प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ।
सुचना विभाग दर्ता नम्बरः १६५५
प्रेस काउन्सिल दर्ता नम्बर: १९३९




