डीआईजी कडायत र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस

१७ पुस, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

कडायत प्रहरी प्रधान कार्यालयमा कार्यरत् थिए भने केसी प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत् थिए ।

हेर्नुहोस् बढुवा समितिको पत्र :

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः