बीरगञ्जको खानेपानी संकटदेखि जनआधारको राजनीतिसम्म : प्रदीप यादव किन फरक मानिन्छन्?संवाददाता:-उज्ज्वल शम्शेर ज. ब. रा.

बीरगञ्ज —दिउँसोको खाजापछि हात धुन बाथरुम पस्दा ट्यांकीमा पानी सकिएको थाहा भयो। मोटर अन गरियो, केहीबेर कुर्दा पनि पानी आएन। प्लम्बर बोलाइयो, मोटर खोलेर मर्मत गरियो, तर समस्या उस्तै रह्यो। अन्ततः आफैं स्कुटर निकालेर प्लम्बरलाई लिएर उच्च क्षमताको नयाँ मोटर किनेर जडान गरियो। यति गर्दा पनि धारामा पानी आएन। त्यसरी नै त्यो दिन बित्यो—बिनापानी।

 

यो समस्या एउटा घरको मात्र थिएन। त्यो समय समग्र बीरगञ्ज नै खानेपानीको गम्भीर संकटबाट गुज्रिरहेको थियो। शहरभरि पानीको हाहाकार थियो। नागरिकहरू अन्योल र निराशामा थिए। यस्तो अवस्थामा खानेपानी संस्थानको लाइन जडान गर्ने विकल्प त पहिल्यै थियो, तर त्यो पनि दीर्घकालीन समाधानजस्तो लागिरहेको थिएन।

 

यही अन्योल र संकटको बीचमा मनमा एउटा नाम आयो— खानेपानी मन्त्री प्रदीप यादव।

 

“चिन्ता नलिनुहोस्, तपाईंको काम हुन्छ”

 

समस्या जानकारी गराउँदा मन्त्री यादवको जवाफ छोटो तर भरोसायोग्य थियो—

“चिन्ता नलिनुहोस्, म सबै ठीक गर्छु। तपाईंको काम हुन्छ।”

 

यो जवाफ केवल एक व्यक्तिलाई मात्र दिइएको थिएन। बीरगञ्जका धेरै टोल–टोलमा खानेपानी समस्या लिएर पुगेका नागरिकलाई उनले एउटै जवाफ दिएका थिए। खासमा समस्या व्यक्तिगत नभई समग्र बीरगञ्जकै थियो।

 

केही दिनमै उनले भनेका कुरा व्यवहारमा देखिए। बोरिङ धारा व्यवस्थापन, खानेपानी वितरण सुधार तथा स्थानीय तहसँग समन्वय गरेर समस्या समाधानको प्रक्रिया अघि बढाइयो। अझ महत्वपूर्ण कुरा, प्रदीप यादव स्वयं घर–टोल समाजसम्म पुगेर समस्या बुझ्ने र समाधान गर्ने काममा सक्रिय देखिए।

 

पार्टीभन्दा माथि उठेको व्यक्तित्व

 

प्रदीप यादवको परिचय राजनीतिमा फरक किसिमले लिइन्छ। उनी सामान्यतया पार्टीगत सीमाभन्दा माथि उठेर व्यक्तिगत रूपमा समस्या बुझ्ने र समाधान गर्ने नेता का रूपमा चिनिन्छन्।

 

उनका एक जना निकट व्यक्तिका अनुसार, बीरगञ्जकै फरक राजनीतिक दलसँग आबद्ध एक व्यक्तिले आफ्नै टोलमा खानेपानीको समस्या आएको भन्दै फोन गर्दा पनि प्रदीप यादवले कुनै राजनीतिक पूर्वाग्रह नराखी तुरुन्तै वडा अध्यक्षमार्फत समस्या समाधान गराएका थिए।

 

आज ती व्यक्ति खुलेर भन्छन्—

“समस्या पर्दा जसले साथ दियो, आज हामी उसैलाई साथ दिन्छौं।”

 

यही व्यवहारले एउटा गम्भीर राजनीतिक प्रश्न उठाएको छ—

के राजनीति पार्टी विशेषभन्दा पनि व्यक्ति विशेषमा आधारित हुन थालेको हो?

 

बढ्दो समर्थन, फरक विचारका मानिसहरू एउटै ठाउँमा

 

आज प्रदीप यादवलाई समर्थन गर्नेहरू एउटै दल वा विचारधारामा सीमित छैनन्। विभिन्न राजनीतिक विचार, दल र समुदायका मानिसहरू उनीप्रति आकर्षित देखिएका छन्। यसको मुख्य कारण उनीहरूको भनाइमा एउटै छ— काम गरेर देखाउने नेतृत्व।

 

ह्याट्रिक जिततर्फ संकेत?

 

लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका प्रदीप यादव यसपटक तेस्रो कार्यकाल अर्थात् ह्याट्रिक जित तर्फ अघि बढ्न सक्ने चर्चा स्थानीय स्तरमा बढ्दै गएको छ।

 

उनी स्वयंले पनि जनचाहना बढ्दै गएको संकेत पाएको बताएका छन्। वास्तवमा प्रदीप यादवले पहिल्यै इतिहास रचिसकेका छन्। पर्सा जिल्लाबाट लगातार दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएर उनले एउटा कीर्तिमान कायम गरिसकेका छन्।

 

विभिन्न जातजाति, समुदाय र वर्गलाई साथमा लिएर हिँड्ने, व्यक्तिगत समस्या बुझेर पार्टी र दलभन्दा माथि उठेर काम गर्ने उनको कार्यशैलीले यसपटक पर्सावासीले उनलाई लगातार तेस्रो पटक विजयी बनाउने कि नबनाउने—त्यो भने हेर्न बाँकी नै छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः