बारामा दुर्घटनामा परी दुई जना घाइते

वीरगञ्ज,१८ पुस । बारामा सडक दुर्घटनामा परि दुई जना घाइते भएका छन् ।घाइते हुनेमा इभी गाडीमा सवार पर्सा जिल्लाको बिरगंज महानगरपालिका- ६ बस्ने अन्दाजी ५५ वर्षीय संजय अग्रवाल र सोही गाडीमा सवार उनको श्रीमती ५० वर्षकि पृति अग्रवाल देबी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका – १० नितनपुर चौक बिरगंज पथलैया सडक खण्डमा सिमराबाट बिरगंज तर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ०१४२ नं को इभी गाडीले सोही दिशामा रोकी राखेको प्रदेश ०१-०२-००२ ख ०८५५ नं को ट्रकको पछाडी पट्टि ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।

 

घाइतेहरुको बयोधा हस्पिटल बिरगंज पर्सामा उपचार भइरहेको बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन् ।

 

उनका अनुसार इभी गाडी चालक चितवनको भरतपुर महानगरपालिका ११ बस्ने अन्दाजी ३८ वर्षीय प्रेम राज गुरुङ्ग , ट्रक र ट्रक चालक उदयपुरको उदयपुरगढी गाउँपालिमा ७ बस्ने दिप राज कार्कीलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

 

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः