राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा भिषण आगलागि

वीरगञ्ज । रौतहटको राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा आईतवार मध्यराति भिषण आगलागि भएर लाखौं मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएका छन् ।

राजदेवी नगरपालिका वडा नम्वर ५ स्थित पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर आगो सल्किदा दिपेन्द्र पासवान, प्रदिप पासवान, रामनाथ हजरा सहितका घर पूर्ण रुपमा जलेका हुन् ।

आगलागि भएको खवर पाउना साथ स्थानीय बासिन्दाहरु, प्रहरी चौकी ब्रम्हपुरी, सशस्त्र प्रहरीको विओपी बेलविछवा र गौर नगरपालिकाको बारुण यन्त्रको मद्दतबाट आगो नियन्त्रणमा लिएको प्रारम्भीक जानकारी प्राप्त भएका छन् ।

आगलागिबाट जनधनको के कति क्षति भएको छ सोको विवरण अहिले प्राप्त भएको छैनन्। यसवारे विस्तृत जानकारी पछि गराउने छौं। तर घटनाको प्रकृति हेर्दा लाखौं मूल्य बराबरको सम्पत्ती नलेर नष्ट भएको बुझिएका छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः