मेयर सिंहद्वारा वीरगंज-१९ को सार्वजनिक सम्पत्ति विवादमा कानुनी निकासको निर्देशन

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आज वडा नं. १९ स्थित सार्वजनिक सम्पत्ति (जग्गा–जमिन) सम्बन्धी विषयमा स्थानीयबासीसँग छलफल गरेका छन्। छलफलका क्रममा सार्वजनिक सम्पत्तिको संरक्षण, दुरुपयोग नियन्त्रण तथा व्यवस्थापनका विषयमा विस्तृत रुपमा विचार–विमर्श गरिएको थियो।

 

मेयर सिंहले सार्वजनिक सम्पत्ति सम्पूर्ण नागरिकको साझा धरोहर भएकाले यसको संरक्षण र सदुपयोग कानुनअनुसार हुनुपर्नेमा जोड दिँदै देखिएका समस्या तथा विवादलाई कानुनी प्रक्रिया अपनाई समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। उनले स्थानीयवासीका गुनासा र सुझावलाई गम्भीरतापूर्वक ग्रहण गर्दै आवश्यक अध्ययन, समन्वय र परामर्शपछि उचित निकास निकालिने स्पष्ट पारे।छलफल कार्यक्रममा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, पर्सा प्रहरी प्रमुख सुदीप राज पाठक, वडा नं. १९ का वडाध्यक्ष मुकेश चौरसिया, वडा सदस्यहरू उपेन्द्र यादव र विनोद चौरसिया, महानगरका प्रतिनिधि हरि पोखरेल तथा महानगर प्रहरी इन्चार्ज हरि भूषालको उपस्थिति रहेको थियो।

यसैगरी स्थानीय नेताहरू सुरेन्द्र कलवार, अमित यादव, उपेन्द्र रायलगायतको सहभागितामा सम्पन्न छलफलमा सार्वजनिक जग्गाको यथार्थ अवस्था, अभिलेख व्यवस्थापन, सीमांकन तथा दीर्घकालीन संरक्षणका उपायबारे सुझावहरू प्रस्तुत गरिएको थियो। सहभागीहरूले सरोकारवाला निकायबीच सहकार्य र समन्वयमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए।

 

वीरगंज महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै कानुनी मापदण्डअनुसार आवश्यक निर्णय लिने र यस्ता छलफललाई निरन्तरता दिने जनाएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः