जनमत पार्टीद्धारा उम्मेदवारहरुको नाम सिफारिस : पर्सा-१ बाट ओमप्रकाश सर्राफ

वीरगन्ज,८पुसःआगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि जनमत पार्टीका तर्फबाट पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सिफारिस गरेको छ ।

 

मंसिर २९ गते सम्पन्न जनमत पार्टीको क्षेत्रीय बैठकले चार वटै निर्वाचन क्षेत्रबाट गरी ८ जनाको नाम सिफारिस गरृको हो । जसअनुसार पर्सा क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ र केन्द्रिय सदस्य श्यामप्रसाद गुप्ताको नाम सिफारिस गरिएको छ ।

 

यस्तै क्षेत्र नम्बर २ बाट पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत, केन्द्रिय सदस्य अनुराग द्विवेदी,हरिहर प्रसाद साह र बृजकिशोर प्रसाद कलवारको नाम सिफारिस गरिएको छ ।

 

यसैगरी क्षेत्र नम्बर ३ बाट केन्द्रिय सदस्य मालती कुमारी कुशवाहा र क्षेत्र नम्बर ४ बाट केन्द्रिय सदस्य सीमादेवी कलवारको नाम सिफारिस गरिएको जनमत पार्टी पर्साका अध्यक्ष सर्राफले जानकारी दिए ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः