वीरगन्ज,८ पुसःमधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते नै हुनुपर्ने बताएका छन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सोनलले भदौं २३ र २४ को जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।
मुलुकमा अहिले देखिएको राजनीतिक अन्यौलताको निकास दिनका लागि पनि फागुन २१ मै निर्वाचन हुनुपर्ने उनको धारणा छ ।
उनले भनेका छन्, अहिले व्याप्त राजनीतिक अन्योलताको निकास भनेकै जनताको ताजा जनादेश नै हो, निर्वाचन नै हो ।त्यसकारण निर्धारित मितिै मै अर्थात २१ फागुन मै निर्वाचन हुनैपर्छ ।
राजनीतिक दलहरुपनि फागुन २१ को निर्वाचनको तयारीमा केन्द्रित भई आ आफ्नो दलका तर्फबाट उम्मेदवार चयनको प्रकृयासमेत अगाडि बढाइसको भन्दै उनले यसले निर्वाचनका लागि सकरात्मक वातावरण निर्माण भइरहेको बताएका छन् । त्यसकारण अब कुनैपनि बहानामा फागुन २१ को निर्वाचन टार्न नहुने उनको भनाई छ ।




