वीरगंज, ०७ पुस । बढ्दो प्रतिकूल मौसमका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयमा तीन दिन पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाद्वारा जारी सूचनाअनुसार पौष ७ गतेदेखि ९ गतेसम्म सबै विद्यालयमा पठनपाठन स्थगित गरिएको हो। उक्त विदा वर्षे सट्टे विदाबाट कट्टा हुने जनाइएको छ।सूचनामा पौष ११ गते शैक्षिक क्यालेन्डरअनुसार पहिलेदेखि नै सट्टा विदा रहेको उल्लेख गर्दै पौष १३ गते आइतबारदेखि विद्यालयहरू पूर्ववत् समयमा सञ्चालन हुने महानगरले जनाएको छ ।
सुचना विभाग दर्ता नम्बरः १६५५
प्रेस काउन्सिल दर्ता नम्बर: १९३९




