वीरगञ्ज, ०६ पुस । जिल्ला प्रशासन कार्यालय बाराले महिला सेवाग्राहीलाई लक्षित गरी पहिलो पटक स्तनपान कक्ष सञ्चलनमा ल्याएको छ ।श्री शिव शक्ति ध्यु उधोग प्रा.लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त कक्ष निर्माण गरेका हो । सो कक्षलाई शिव शक्ति ध्यु उधोगका अध्यक्ष तथा संविधान सभा सदस्य राजकुमार अग्रवालले एक कार्यक्रम बीच हस्तान्तरण गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्रहीको सहजताको लागि भन्दै कार्यालयमै स्तनपान कक्ष सञ्चालनमा ल्याएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।
कार्यालय परिसरमा महिला सेवाग्राहीलाई आफ्ना बालबच्चालाई स्तनपान गराउन असहजता हुने भएकाले उक्त समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराको कार्यालय भित्रै स्तनपान कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराक प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक नरेन्द्र कुवर,राष्ट्रिय अनुसन्धानका उप-निर्देशक सरोज निरौला,सेवाग्राही तथा कर्मचारीहरु लगायतको उपस्तिथि रहेको थियो ।




