परवानीपुर गाउँपालिकामा अत्यधिक चिसोका कारण विद्यालयमा ५ दिन बिदा

वीरगञ्ज,०६ बारा । बाराको परवानीपुर गाउँपालिकाले अत्यधिक चिसोका कारण विद्यालयमा बालबालिकाको उपस्थिति न्यून भएपछि गाउँपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पाँच दिन बिदा दिने निर्णय गरेको छ।गाउँ कार्यपालिकाको निर्णयअनुसार पुस ७ देखि पुस ११ गते शुक्रबारसम्म विद्यालयको पठन–पाठन बन्द रहने छ। उक्त बिदा वर्षे बिदाबाट कट्टी हुने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारद्वारा जारी सूचनाअनुसार पुस १३ गते आइतबारदेखि विद्यालयहरू निर्धारित समयअनुसार पुनः सञ्चालन हुनेछन् ।साथै बिदा अवधिमा मौसम अनुकूल भएमा स्वतः विद्यालय सञ्चालन गर्न सकिने जनाइएको छ।

अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः