जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत प्रसाईंको गृह मन्त्रालयमा सरुवा

वीरगञ्ज,०५ पुस । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्ति राज प्रसाईंको गृह मन्त्रालयमा सरुवा भएको छ। मन्त्रिपरिषद्को पुस ३ गते बसेको बैठकले प्रशासनतर्फका ६० जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा प्रसाईंलाई गृह मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो।२०८१ साल फागुन २६ गते जीतपुरसिमरा उपमहानगरपालिकामा हाजिर भएका प्रसाईंको कार्यकाल १० महिना पनि पुग्न नपाउँदै उनी संघीय राजधानी फर्कने भएका हुन्।लामो समयसम्म उपसचिव तहका कर्मचारीहरूले नेतृत्व दिँदै आएको यस उपमहानगरपालिकामा सहसचिव प्रसाईंले कुल दुई सय ८५ दिन कार्यभार सम्हालेका छन्।उपमहानगरपालिकामा आफ्नो संक्षिप्त बसाईका क्रममा उनले महत्वपूर्ण प्रशासनिक तथा नीतिगत कार्यहरूमा अभिभावकीय भूमिका निर्वाह गरे। विशेष गरी उनकै कार्यकालमा उपमहानगरपालिकाको महत्वपूर्ण १२औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएको थियो, जसले नगरको आगामी योजना र बजेट कार्यान्वयनको बाटो प्रशस्त गरेको थियो।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः