बढ्यो अण्डाको मूल्य, कति पुग्याे ?

वीरगञ्ज । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । शक्रबार संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले चितवनलाई आधार मानी शनिबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।

शनिबारबाट मध्यम अण्डाको मूल्य पाँच सय रुपैयाँ प्रतिक्रेट पर्नेछ । यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ५ सय १४ रुपैयाँ पुगेको हो । यसअघि २७ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४७० रुपैयाँ र ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४८५ रुपैयाँ तोकेको थियो ।

संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पु¥याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटि १४० रुपैयाँ थप लाग्ने जनाएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः