राजधानीको सिनामंगलमा असईद्वारा ६ महिने बालकको हत्या, भाग्दै गर्दा पक्राउ

वीरगञ्ज। काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित ओम नगर मार्गमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नो ६ महिने छोराको हत्या गरेका छन् । आइतबार साँझ धारिलो हतियार प्रहार गरेर बच्चाको हत्या गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत असई पुष्कर कार्की फरार भएका थिए । भाग्दै गरेको अवस्थामा उनलाई चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकप्वाइन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

 

छोराको हत्यापछि उनले पत्नीलाई पनि टाउकोमा धारिलो हतियारले प्रहार गरेका थिए । हतियार प्रहारबाट घाइते भएकी पत्नीलाई छिमेकीहरुले सिनामंगलस्थित केएमसी अस्पताल लगेका थिए । अहिले उनलाई प्रहरी अस्पतालमा रिफर गरिएको छ ।

हत्यापछि पूर्वतर्फ चल्ने बस चढेर धादिङतर्फ जाँदै थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः