अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी (तस्बिरहरु)

काठमाडौँ । ‘अपाङ्गता समावेशी समाजको प्रतिबद्धता सामाजिक उन्नतिको संवर्द्धन’को नारा सहित अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस आज देश विदेशमा मनाइएको छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ। नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा आयोजित प्रभातफेरीमा विभिन्न संघ–संस्था, अपाङ्गता क्षेत्रका प्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायको उत्साहजनक सहभागिता रहेको छ।

प्रभातफेरी खुल्लामञ्च बाट सुरु गरी भृकुटीमण्डपमा सभामा परिणत भएको छ।

 

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः