नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट

वीरगञ्ज, १३ मंसिर। नेपाली यू-१९ टोली एसिया कपका लागि छनोट भएको छ । आज भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको हो।यूएईको अजमान मैदानमा मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको ह । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भएको थियो।कूल १४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट शीर्ष तीन टोली आगामी एसीसी यू-१९ एसिया कपमा छनोट हुनेछन् । यू-१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः