बीरगन्ज सुपर लिग ४ : ड्रेगन अफ साहिब दरबार लगातार दोस्रोपटक च्याम्पियन

बीरगन्ज । बीरगन्ज युथ स्पोर्टिङ एकेडेमीद्वारा लगातार दोस्रोपटक आयोजना गरिएको प्रतिष्ठित ‘बीरगन्ज सुपर लिग–४’ को फाइनलमा “ड्रेगन अफ साहिब दरबार” ले शानदार प्रदर्शन गर्दै उपाधि हात पारेको छ।

यससँगै टोलीले लगातार दोस्रो वर्ष प्रतियोगिताको चेम्पियन बन्ने गौरव कायम गरेको छ।

नारायणी क्रिकेट रंगशाला, बीरगन्जमा सम्पन्न फाइनल खेलमा ड्रेगन अफ साहिब दरबारले मधेस इलाइट्सलाई ८ विकेटले पराजित गर्दै एकतर्फी जित हासिल गरेको हो ।

खेलमा दुवै टोलीका समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मैदानमा देखिएको उत्साहले प्रतियोगिताको लोकप्रियता र स्थानीय स्तरमा क्रिकेटप्रतिको मोह झन् बढ्दो रहेको संकेत पनि दियो।

आयोजक एकेडेमीका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेलकुदमार्फत युवाहरूलाई सशक्त बनाउनु र बीरगन्जलाई खेलकुद केन्द्रको रूपमा स्थापित गर्न सहयोग पुर्‍याउनु रहेको छ।

फाइनल जितसँगै ड्रेगन अफ साहिब दरबारले पुरै सिजनभर उत्कृष्ट प्रदर्शन गरेको पुष्टि भएको आयोजकले बताएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः