एनपिएल : आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दै

वीरगञ्ज, ०५ मंसिर। नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदै छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४ बजे देखि खेल हुने छ।

पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐेरीले गर्ने छन् । प्रतियोगितामा दुवै टोलीको आज दोस्रो खेल हो ।

पोखरा पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमान्डुलाई हराउँदै विजयी शुरूवात गरेको थियो ।
- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः