बारा प्रहरीद्वारा हराएका ३६ वटा मोबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

वीरगञ्ज, २५ कात्तिक । बारामा प्रहरीले ३६ वटा हराएका मोबाइल सम्बन्धित व्यक्तिहरूलाई जिम्मा लगाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८२ साल साउन १ गतेदेखि हालसम्म विभिन्न स्थान र माध्यमबाट हराएका मोबाइलहरूको खोजतलास गरी ३६ वटा मोबाइल फेला पारि जिम्मा लगाइएको हो। प्रहरीले ती सबै मोबाइलहरू मंगलबार सम्बन्धित ब्यक्तिहरूलाई बुझाइएका हुन् ।प्रहरीले मोबाइल हराउनेबित्तिकै तत्काल उजुरी दिन र ट्र्याकिङका लागि आवश्यक विवरण उपलब्ध गराउन बारबासीलाई आग्रह गरेको छ। साथै प्रहरीले हराएका मोबाइलहरू फिर्ता दिलाउने अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ।
- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः