बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरगञ्ज, २५ कात्तिक। बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारागढी गाउँपालिका-२ निवासी ४२ वर्षीय छठु चौधरी रहेको प्रहरीले जनाएको छ ।बारागढी गाउँपालिका-२ बिसनपुर्वास्थित सडकमा बा ४४ प ८५४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चौधरीको मंगलबार बिहान मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागी एलएस न्यूरो अस्पताल परवानीपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको हो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः