वीरगञ्ज, २४ कात्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा बनेको मधेश प्रदेश सरकारमा सहभागी भएका आफ्ना मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकारमा आफ्ना पार्टीका सांसदको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। यादवको नेतृत्वमा बनेको सरकारमा राप्रपाबाट कञ्चन विच्छा मन्त्री बनेका छन्।
मधेस प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधान बमोजिम कारवाही हुने जानकारी गराउँछु।” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।




