वीरगंज–रक्सौल नाका बिहानैदेखि पूर्ण रूपमा बन्द, सुरक्षा व्यवस्था कडा

वीरगंज, कार्तिक २२ — भारतसँगको मुख्य व्यापारिक नाका वीरगंज–रक्सौल सीमा नाका आज बिहान ७:१५ बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ।

हिजो जारी सूचनामा नाका आज बेलुका ६ बजेबाट मात्र बन्द हुने उल्लेख गरिएको थियो, तर सुरक्षासम्बन्धी कारण देखाउँदै अधिकारीहरूले बिहानैदेखि सम्पूर्ण आवागमन रोक्ने निर्णय गरेका हुन्।

स्रोतका अनुसार, नाकामा अहिले सुरक्षा व्यवस्था थप कडा पारिएको छ। सशस्त्र प्रहरी र कस्टमका अधिकारीहरू नाकामा सतर्क रहेका छन्।

यस आकस्मिक बन्दले आयात–निर्यात कार्यमा प्रभाव परेको छ भने यात्रुहरूलाई पनि असुविधा भएको छ। नाका कहिले पुनः सञ्चालनमा आउने भन्नेबारे अधिकृत जानकारी हालसम्म सार्वजनिक गरिएको छैन

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः