प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ जारी

वीरगञ्ज: जेनजी समूहको सिफारिसमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। सुनुवाइका लागि सर्वोच्चले प्रधान्यायाधीश प्रकाशमान सिंह नेतृत्वको संवैधानिक इजालस गठन गरेको छ। इजलासमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल,डा.मनोजकुमार शर्मा र शारङ्गा सुवेदी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाएको जिकिर गर्दै नियुक्ति बदरको माग गर्दै अधिवक्ता डा. पुण्यप्रसाद खतिवडालले आइतबार रिट दायर गरेका थिए। पूर्वप्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई अहिलेको संविधानले प्रधानमन्त्री बन्न नदिने उनको तर्क छ।राष्ट्रपतिबाट गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भइ धारा ८० बमोजिम शपथ लिएकी कार्कीको हकमा नियुक्तिकर्ता र नियुक्त भएका दुवैबाट संविधानको धारा ७६/१३२ (२) को समेट ठाडो उल्लघंन भएको रिट निवेदनमा उल्लेख छ।रिटमा राष्ट्रपतिको कार्यालय शितल निावससमेतलाई प्रतिवादी बनाइएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः