वीरगञ्ज, १९ कात्तिक। भारतको बिहार राज्यमा २० कात्तिक (६ नोभेम्बर) देखि हुन गइरहेको विधानसभा चुनावलाई लिएर नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ ।चुनावमा हुने अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले सशस्त्र प्रहरी बलसँगको समन्वयमा सीमा क्षेत्रमा कडाइ गरिएको हो ।सशस्त्र प्रहरी बल मधेश प्रदेशका डीआइजी कृष्ण ढकालका अनुसार भारतीय विधानसभा चुनावलाई लिएर एसएसबीले समन्वय गरेर सीमामा चेक जाँचमा कडाइ गरिएको हो । आगामी २०-२५ कात्तिक (६-११ नभेम्बर) सम्म बिहारमा विधानसभा चुनाव हुन लागेको हो ।चुनावलाई लिएर ७२ घण्टा अगाडि सीमालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले सिल गर्ने जानकारी प्राप्त भएको डीआइजी ढकालले बताए ।
सुचना विभाग दर्ता नम्बरः १६५५
प्रेस काउन्सिल दर्ता नम्बर: १९३९




