दुर्गासँग दूरी राख्दै भारतले भन्यो – सहयोगको दाबी ‘झूटो’

spot_img

वीरगञ्ज। व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंको राजनीतिक अभियानबाट भारत सरकारले स्पष्ट रूपमा दूरी कायम गरेको छ।

क्यान्सरको उपचारसँग सम्बन्धित मेडिकल फलोअपका लागि यसै हप्ता दिल्ली पुगेका प्रसाईंले आफ्नो भारत भ्रमणलाई नेपालमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको अभियानका लागि ‘नैतिक समर्थन जुटाउने प्रयास’ को रूपमा सार्वजनिक रूपमा चित्रण गर्दै आएका थिए।

तर, भारतीय अधिकारीहरूले भने दिल्लीको उनको गतिविधिमा कुनै चासो वा संलग्नता नरहेकोमा जोड दिएका छन्। भारतले नेपालको निर्वाचित सरकारसँगको स्थिर सम्बन्धलाई प्राथमिकता दिँदै आन्तरिक मामिलामा हस्तक्षेप गरेको कुनै पनि धारणाबाट जोगिन चाहेको कूटनीतिक र सुरक्षा स्रोतहरूले बताएका छन्।एनडीटीभीलाई उद्धृत गर्दै एक अधिकारीले भने, ‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईंलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको झूटो दाबी नगर्न सचेत गराएका छन्।’ स्रोतका अनुसार प्रसाईं वा उनका छोराले यस पटकको भ्रमणमा कुनै पनि भारतीय सरकारी वा पार्टीका प्रतिनिधिसँग भेटवार्ता गर्न सकेनन्।प्रसाईंको भारतीय सहानुभूतिको दाबीले दिल्लीका अधिकारीहरूलाई क्रोधित बनाएको बताइएको छ। एक वरिष्ठ अधिकारीले स्पष्ट पारे, ‘प्रसाईंको राजनीतिसँग भारतको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्बन्ध छैन। उनी एक आन्तरिक पात्र हुन्… उनको गतिविधिलाई भारतको समर्थन छैन।’

भारतको नेपाल नीति हस्तक्षेप नगर्नेमा आधारित रहेको र नेपालका लोकतान्त्रिक संस्थाहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने कुरा अधिकारीहरूले दोहोर्‍याएका छन्।

प्रसाईंले मंसिरमा काठमाडौँमा ठुलो राजावादी र्‍याली गर्ने घोषणा गरेका छन्। यसअघि नै उनका र्‍यालीहरू हिंसा र गिरफ्तारीले प्रभावित भएका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः