वीरगञ्ज, ३० असोज । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।उनलाई बुधबार बेलुका प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । मुख्यमन्त्री सोनल बारा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन।
![]()
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ




