पार्टी एकता निष्कर्षमा पुर्‍याउन कार्यदललाई एकीकृत समाजवादीको निर्देशन

वीरगञ्ज। नेकपा एकीकृत समाजवादीले विचार मिल्ने पार्टीहरूसँग एकताबारेको छलफल निष्कर्षमा पुर्‍याउन कार्यदललाई निर्देशन दिएको छ ।

आइतबार सकिएको पार्टीको सचिवालय बैठकले एकता प्रक्रिया निष्कर्षमा पुर्‍याउन निर्देशन दिएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

एकीकृत समाजवादीका नेता डा.बेदुराम भुसालको नेतृत्वमा पार्टी एकताबारे गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

सोही कार्यदलले एकताको थप गृहकार्य गरेर निष्कर्षमा पुर्‍याउन निर्देशन दिएको हो । कार्यदलको प्रतिवेदन केन्द्रीय समिति बैठकले अनुमोदन गर्नेछ ।

यस्तै केन्द्रीय समिति अघि असोज २९ गते स्थायी कमिटी बैठक बस्ने सचिवालय बैठकको निर्णय छ । केन्द्रीय कमिटी बैठक भर्चुअल हुने नेता भट्टराईले जानकारी दिए ।

एकीकृत समाजवादी, माओवादी केन्द्र, नेकपा र नेसपाबिच पार्टी एकताबारे छलफल हुँदै आएको छ । ती दलहरूबिच भएका छलफल सकारात्मक भएको र कात्तिक महिनाभित्रै एकता गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः