ऊर्जामन्त्री कुलमान घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने

वीरगञ्ज ३० भदौ। नवनियुक्त ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गरे लगत्तै मन्त्री घिसिङले नेपाल विद्युत् प्राधिकरणकाे वक्याैता रकम उठाउन निर्देशन दिने पहिलाे निर्णय गरेका छन् ।प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको सवा ८ अर्व रूपैयाँ बक्याैता उठाउन बाँकि रहेकाे बताएकाे छ । उनले पुनःनिर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने समेत बताएका छन। आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचना निर्माण गर्न मन्त्री घिसिङले ‘हाम्रा सार्वजनिक संरचना, हामी आफैँ बनाउँछौँ’ अभियान घोषणा गरेका छन् ।पुनःनिर्माणसँगै तोकिएको समयमा निर्वाचन गराउनुपर्ने सरकारको दायित्व स्मरण गर्दै द्रुत गतिमा आफूले काम गर्ने मन्त्री घिसिङले बताए । उनले उज्यालो नेपाल अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताएका छन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः