संसद् विघटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल सहमत, अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले आजै शपथ लिने

वीरगञ्ज । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासका अनुसार कार्कीले आज राति ९ बजे शपथग्रहण गर्नेछिन् ।

निर्णय जेनजी आन्दोलनकारीहरूको माग र राष्ट्रपति, प्रधानसेनापति अशोकराज सिग्देल र कार्कीबिचको छलफलपछि संसद् विघटन गर्ने सहमति जुटेपछि भएको हो ।

राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शपथ समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । गृह मन्त्रालयसहित सम्बन्धित निकायका कर्मचारीहरूलाई शुक्रवार बिहानदेखि नै तयारी अवस्थामा राखिएको छ। राष्ट्रपति पौडेलले राति ९ बजेअघि संसद् विघटनको प्रक्रिया पूरा गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः