अन्तरिम सरकारका प्रमुखका लागि सुशीला कार्कीको नाम प्रस्ताव, प्रधानसेनापति र राष्ट्रपतिसँग भेटवार्ता हुने

spot_img

भदौ २५ — जेनजी गठबन्धनले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेको छ। उक्त प्रस्ताव सार्वजनिक भएपछि कार्की आज प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गर्ने कार्यक्रम तय भएको स्रोतले जानकारी दिएको छ।

प्रधानसेनापति सिग्देलसँगको भेटपछि कार्की राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि छलफलमा सहभागी हुने छिन्। उक्त छलफलमा जेनजीका शीर्ष नेताहरूको पनि सहभागिता रहने जनाइएको छ। राष्ट्रपति निवासमा हुने यो वार्ताले अन्तरिम सरकार गठनको दिशामा ठोस प्रगति हुने अपेक्षा गरिएको छ।

विश्वसनीय स्रोतका अनुसार, जेनजीले स्थायीत्व, निष्पक्षता र स्वतन्त्र नेतृत्वका लागि कार्कीलाई अगाडि सार्ने निर्णय गरेको हो। कार्कीले यसअघि पनि राजनीतिक स्वच्छता र न्यायपालिकाको स्वतन्त्रताका पक्षमा खुलेर बोल्दै आएकी छन्।

यता, प्रमुख दलहरूबीच अन्तरिम सरकारको कार्यकाल, प्राथमिकता र निर्वाचन तयारीबारे गम्भीर छलफल चलिरहेको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः