सेना परिचालनको तयारी, सैनिक जंगा अड्डमा गम्भीर छलफल

काठमाडौँ । जेनजी युवाहरूको नेतृत्वविहीन बन्दै गएको आन्दोलन र देशभर बढ्दै गएको आगजनी–तोडफोडबीच नेपाली सेना आन्तरिक छलफलमा बसेको छ। सोमबार साँझ राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि संसद भवनसहित सरकारी संरचनाको सुरक्षा गरिरहेका बेला सेना थप रणनीति बनाउन गम्भीर छलफलमा जुटेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जनाएका छन्।

देशभर आन्दोलन चर्किएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्रबाट व्यवस्थापन कठिन हुँदै गएको र संविधानको धारा २६७ अन्तर्गत आवश्यक परे सेना परिचालन गर्न सकिने प्रावधान रहेको जनाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल क्षेत्रीय सेनाले सुरक्षा जिम्मा लिएको छ भने स्थिति अनुसार राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा सेना परिचालनसमेत हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः