प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा पनि आगजनी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर (बालकोट) स्थित निवासमा पनि आगजनी भएको छ।

प्रधानमन्त्री ओलीको निवासमा आक्रमण गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो । त्यसपछि आक्रोशित भीडले ओलीको निवास जलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रदर्शनकारीले आगो लगाएपछि बालकोट निवासबाट धुवाँको ठूलो मुस्लो निस्किएको छ। त्यहाँको अवस्था पनि नियन्त्रणबाहिर गइसकेको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः