वीरगञ्ज,१७ भदौ । बारामा काठ तस्करी नियन्त्रण गर्न बन टोलीले विशेष अपरेसन सञ्चालन गरी ठूलो मात्रामा काठ बरामद गर्न सफल भएको छ। सो क्रममा एक जना तस्कर पक्राउ परेका छन् भने अन्य फरार रहेका छन्।
जिल्लाको मधुबन सब–डिभिजन बन कार्यालय मातहतका सम्पूर्ण पोस्टहरूको संयुक्त एम्बुस टोलीले बन अधिकृत सञ्जय कुमार चौधरीको कमान्डमा बथान टोल नजिक गस्ती गर्दै काठ बरामद गरेको हो।
पक्राउ परेका सहनीलाई डिभिजन बन कार्यालय बाराको थुनुवा कक्षमा राखी थप अनुसन्धान भइरहेको र काठ तस्करीमा संलग्न जोकोहीलाई बन ऐनअनुसार कडाइका साथ कारबाही गरिने डिभिजनल बन अधिकृत झाले चेतावनी दिएका छन्।




